दृष्टिविहिनका लागि दश दिवसीय गमनशीलता तालिम

0
35

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

नेत्रहीन संघ झापाको आयोजनामा दृष्टिविहिनका लागि दश दिवसीय गमनशीलता तालिम शुरु भएको छ।

बिर्तामोड -३ बिर्ताबजारस्थित नेत्रहीन संघ झापाको कार्यालय भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड -३ का वडाध्यक्ष मदनकुमार बुढाथोकीले तालिमको उदघाटन गरेका थिए।

बिर्तामोड नगरपालिका-६ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित तालिममा बिर्तामोड नगरपालिका क्षेत्रका ८ जना दृष्टिविहिन व्यक्तिहरुको सहभागिता रहने बताइएको छ। तालिम आगामी चैत ७ गतेसम्म सञ्चालन हुनेेछ।

दृष्टिविहिन व्यक्तिहरुलाई सहजरुपमा आवागमन (हिडडूल गर्न) मा सहयोग पुगोस् भन्ने उद्देश्यले सेतो छडी टेक्ने तालिमको आयोजना गरिएको झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजबंशीले बताए। उनले दृष्टविहिनलाई यसप्रकारको तालिमको निरन्तरताका लागि सबै पालिकालाई सहयोग गरिदिन आग्रह गरे। तालिममा संघमा आबद्ध बिर्तामोड नगरपालिका क्षेत्रका ८ जनाको सहभागिता रहेको छ।

नेत्रहीन संघ झापाका उपाध्यक्ष उत्तम खतिवडाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकी, सल्लाहकार द्रोणचार्य निरौला, वडा नं. ६का जनप्रतिनिधि जीवन बासकोटालगायतले शुभकामना मन्तव्य राख्दै दृष्टिविहिनताको कठिनाईपूर्ण अवस्थामा रहेका व्यक्तिको जीवनयापन सहज र वृतिविकासमा मद्दत पुर्‍याउने कार्यमा सबै क्षेत्रबाट सहयोग पुर्याउनु पर्ने धारणा राखेका थिए। तालिमको सहजीकरण प्रशिक्षक भोला मिश्रले गरिरहेका छन्।

तालिम बिर्तामोडका विभिन्न सडक पेटीहरुमा सेतो छडीसहित प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक रुपले अभ्यास गराइने प्रशिक्षक मिश्रले जानकारी दिए।

संघका सल्लाहकार दिपक शिवाकोटी, बिर्तामोड नपा महिला तथा बालबालिका शाखाकी दोभासे कर्मचारी कञ्चन बासकोटा, सञ्चारकर्मी रत्न बस्नेतलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव दिलकुमार राजबंशीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here