‘आसिल फागुवा’ सार्वजनिक

0
60

झापा, होली पर्वलाई लक्षित गर्दै राजवंशी भाषामा ‘आसिल फागुवा’ बोलको गीत निर्माण गरिएको छ । गौरादह–८, भुडेसिमलका रूपक राजवंशीको शब्द रहेको सो गीत राजवंशी भाषामा पहिलो होली गीत हो । उक्त गीत बलराम राजवंशीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको म्यूजिक कम्पोजिसन ÷ एरेन्ज राजवंशी समुदायका बरिष्ठ गायक बलराम राजवंशीले गरेका छन् । यस गीतमा स्वर बलराम राजवंशी, प्रमोद राजवंशी, निकिता राजवंशीको रहेको छ । यस गीतमा कलाकारहरू सन्तोष राजवंशी, नेहा राजवंशी , हेम राजवंशी, छिमेकी राष्ट्र भारतबाट प्रतिमा सिंह, रूपक राजवंशी ,ममता राजवंशीले अभिनय गरेका छन् भने डान्स कोरियोग्राफर÷निर्देशक हेम राजवंशी, सह– निर्देशक नारायण राजवंशी, छायांकनमा साजर क्रिएसन ÷ सेभेन स्टुडियो, फेसन डिजाइनमा नमस्ते टेलरिङ्ग हाउस रहेका छन्।
फेसन डिजाइनर बैजन्तकुमार सिंह राजवंशीले गरेका हुन् भने बाल कलाकारका रुपमा हेलेन राजवंशीसंगै कमेडीमा लोकप्रसाद राजवंशी, शरद राजवंशी र चन्द्र राजवंशी र ३० जनाभन्दा बढी ब्याक डान्सरसहित ५० भन्दा बढीलाई गीतमा समावेश गरिएको छ ।
राजवंशी समुदायमा होली पर्वलाई डोल अर्थात फागुवा भनिन्छ । जुन पर्व अरू जाति समुदायभन्दा पृथक तरिकाले मनाइन्छ । आफ्नो मौलिक जातीय संस्कृति झल्किने गरी सो गीत बनाइएको हो ।
गीतका लेखक दमक–८ का ए वान कापी उद्योग एण्ड प्रिन्टिङ प्रेसका प्रोप्राइटर हुन् । उनले थुप्रै गीत लेखेपनि भिडियोसहित सार्वजनिक गरिएको यो पहिलो हो। उनी राजवंशी समाज विकास समितिका झापा जिल्ला सदस्य र राजवंशी उद्योग व्यवसाय विकास समितिका संस्थापक अध्यक्ष पनि हुन् ।
उनी यस गीतका शब्द ÷ स्क्रिप्ट राईटर ÷ प्रोड्युसर हुन् भने यस गीतमा दाजुको भूमिका निर्वाह गरेका छन् ।
पहिलो होली गीतमा राजवंशी समुदायले होली पर्वमा गर्नेे संस्कार संस्कृतिलाई छायांकन गरिएको छ । ठाकुर देवतालाई पो (पुवा) चढाउने, फाग (अविर) चढाउने, बाँसका पिच्कारी खेल्ने जस्ता मौलिक संस्कारलाई गीतमा देखाइएको छ । झापाको बाह्रदशी र कनकाई सो गीतको छायांकन गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here