बिर्तामोड ।
वीरता जेसीज बिर्तामोडको ४४ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
सन् २०२४ का अध्यक्ष विकास बस्नेतले सन् २०२५ का अध्यक्ष युवराज कुंवरलाई आफूले लगाएको जेसीज चेन पहिराएर आफ्नो पद हस्तान्तरण गरेका थिए । वीरता जेसीज बिर्तामोडको २०२५ को नयाँ नेतृत्वले पद हस्तानतरणसंगै मङ्लबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको हो ।
बिर्तामोडको बिर्ता पाटी प्यालेसमा आयोजित भव्य समारोहका बीच सन् २०२५ का अध्यक्ष कुँवरसहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी–सदस्यले कार्यभार सम्हालेका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेताएवम् पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच वीरता जेसीज बिर्तामोडका पूर्व अध्यक्षहरूले जेसी बस्नेतको गलामा रहेको जेसीज चेन खोलेर नवनिर्वाचित अध्यक्ष कुँवरको गलामा पहिर्याइदिएका थिए ।
निर्वाचन समितिका आयुक्त तथा वीरता जेसीज बिर्तामोका पूर्वध्यक्ष घनश्याम चौधरीले निर्वाचित पदाधिकारीहरूको घोषणा गरेका थिए । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सुमनकुमार पोद्दार ,प्रभात मास्के,जनसम्पर्क अधिकारी अभिषेक गहतराज, तालिम संयोजक सुशिल थापा, संयुक्त सचिव सुभाष त्रिखत्री, प्रकरण निर्देशक प्रज्वल बिमली क्रमश उपाध्यक्षहरू पुष्प भण्डारी, सुभम शाह, अजय चौधरी, अजय अधिकारी निर्वाचित भएका थिए ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष युवराज कुवँरले पदहस्तातरण कार्यक्रममा आफ्नो समितिलाई पुर्णता दिएका छन् । उनले महासचिवमा विज्ञान राज पौडेल, कोषाध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी), कानुनी सल्लाहकारमा अमरजीत शाह, सहकोषाध्यक्षमा बसन्त ढकाललाई मनोनित गरेका छन् ।
अध्यक्ष कुवँरले आफ्नो कार्यकालमा सबैसँग हात्तेमालो र सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्यसतै समारोहमा मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपाने र एपिवान टिभिका झापा संवाददाता बिष्णु श्रेष्ठलाई नगद सहित पुरस्कृत गरिएको थियो । उनीहरुलाई स्व. मदन ढकालकी श्रीमती सावित्रा ढकाल र नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले प्रदान गरेका थिए ।
कार्यक्रममा जेसीज पूर्वअध्यक्षहरु मध्येबाट निर्मल भट्टराईलाई स्व.दिलकुमार शर्मा स्मृति सक्रिय पूर्व अध्यक्ष पुरस्कारबाट पुरस्कृत गरिएको थियो । उनलाई संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा वीरता जेसीज सक्रिय सदस्य पुरस्कार सन् २०२४ प्रभात मास्केलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कृष्णप्रसाद सिटौला, संविधानसभा सदस्य सुधिर कुमार शिवाकोटी, नेकपा माओबादी केन्द्रका कोशी प्रदेश प्रमुख हर्क बहादुर राई ( मिक्सो ), नेपाल जेसीज सन् २००८ का पूर्व राष्ट्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य दिनेश कोईराला , विर्तामोड नगर पालिका उपप्रमुख नगेन्द्र संग्रौला, नेपाली काङ्ग्रेस जिल्ला सभापति देउमान थेवे , नेपाल जेसीज पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीज पूर्व अध्यक्ष विनोद बस्नेत , नेपाल पत्रकार महाासंघ झाापाका अध्यक्ष एकराज गिरी, नेकपा एमाले बिर्तामोडका नगर अध्यक्ष सुवास भट्टराई, मेची आँखा अस्पतालका अध्यक्ष तथा नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्ष जलकुमार गुरूङ लगायतको उपस्थिती रहेको थियो ।
नेपाल जेसीज सन् २००८ को अध्यक्ष तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, मातृ शाखा भद्रपुर जेसीजका अध्यक्ष शैलेश श्रेष्ठ लगाायतले शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै वीरता जुनियर जेसीज बर्ष २०२५ को अध्यक्ष अश्विन गोसाईको नेतृत्वमा निर्वाचित टिमले पनि सपथ ग्रहणसँगै जिम्मेवारी सम्हालेको छ । उद्घाटन सत्रको कार्यक्रम निर्वतमान महासचिव सुमन पोद्दार र शपथ ग्रहणपछिको कार्यक्रम महासचिव विज्ञान राज पौडेलले सञ्चालन गरेका थिए ।