अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित गोलधाप युवा क्लबको आयोजनामा बुधबार एक दिने लागुपदार्थ दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
“हाम्रो चाहना स्वस्थ र दुव्र्यसनरहित समाजको परिकल्पना” भन्ने मुख्य नारासहित क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा पूर्व प्रयोगकर्ता एवम् हाल लागुपदार्थ बिरुद्धका चर्चित अभियन्ता भारतको दार्जिलिङ निवासी प्रिमिस भूटीया, पूर्व प्रयोगकर्ता स्थानीय अनिस भारतीलगायतले लागुपदार्थ प्रयोगसँगै त्यसबाट मुक्त हुन गरेको संघर्ष बारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।

विभिन्न सामुदायिक र संस्थागत विद्यालयसँगै स्थानीयस्तरमा रहेका युवालाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा कालिस्थान माध्यमिक विद्यालय, महारानीगञ्ज माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, शनिश्चरे माध्यमिक विद्यालय, प्रगति माध्यमिक आवासिय विद्यालय, रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय, सूर्यज्योति अङग्रेजी आवासिय विद्यालय र सृजना शिशु सदन अङग्रेजी आवासिय विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा गोलधाप ड्रिम डान्स एकाडेमी, प्रगति माध्यमिक आवासिय विद्यालयका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य गौरीमाया चिमरीयालगायतले आफ्नो धारणा राखेका थिए ।
क्लबका सचिव भूपालराज कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी निश्चल आचार्यले गरेका थिए । कार्यक्रम उद्घाटन अघि “से नो टू ड्रग्स”, “लागुपदार्थले लिन्छ ज्यान, आफैं नखनौं आफ्नो चिहान”, “लागुपदार्थ नशा हो प्रयोग गर्नु दशा हो”, “होशियार बनौं है बुबाआमा, फस्दैछन् कि छोराछोरी कुलतमा”लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्डसहित सहभागीहरुले गोलधाप क्षेत्रमा ¥यालीको आयोजना गरेका थिए ।