इनरुवामा पाथीभरा माताको मन्दिर निर्माण हुँदै

0
28

बिराटनगर ।

सुनसरीको इनरुवामा पाथीभरा माताको मन्दिर निर्माण कार्य सुरु भएको छ। इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटीमा पाथीभरा माताको मन्दिर निर्माण सुरु भएको हो। एक विशेष कार्यक्रमका बीच मन्दिरको जग पूजा गरिएको छ।

ग्रीन सिटी भित्र ुइट्टा अभियानु अन्तर्गत स्थानीय श्रद्धालुहरूको सहयोगमा मन्दिर निर्माण कार्य थालिएको जग्गा तथा आवसबिकास संघ सुनसरी अध्यक्ष नेत्र प्रसाद चौलागाईले जानकारी दिए । मन्दिर पाथीभरा देवीको विश्‍वास आस्था एवं पवित्रताकी देवी रहेको बताउदै अध्यक्ष चौलागाईले धार्मिक तथा पर्यटकीय क्षेत्रमा कोशेढुंगा सावित हुने बिश्वास व्यक्त गरे।

अहिले स्थानीय स्तरबाट मन्दिर निर्माण अभियानमा साथ सहयोग पाईरहेको उनले बताए। करिव एक करोडको लागतमा मन्दिर निर्माण सम्पन्न हुनेछ। मन्दिर संगसंगै उक्त ग्रीन सिटी भित्र २१० फिट अग्लो नेपालको झन्डा,सिटी भित्रै स्कुल,कलेज,अस्पताल, रिसोर्ट र सुपरमार्केट निर्माण हुनेछ। स्वच्छ र ठूलो पार्क,हरेक घरमा रुख हुने छ भने रेस्टुरेन्ट र स्विमिङपुल पनि रहने डीएन ग्रुप अफ कम्पनीजले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here