मौरीपालक किसानलाई व्यवसायिक बन्न उपप्रमुख उप्रेतीको आग्रह

0
8

मेचीनगर।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले मौरी पालक किसानलाई मह उत्पादनमा व्यवसायिक भएर लाग्न आग्रह गरिन् ।

आज मेचीनगर–३ स्थित सृजना वस्तीमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरी पालन प्रविधि सम्बन्धी ५ दिने समापन तालिमकी प्रमुख अतिथि उपप्रमुख उप्रेतीले यस्तो कुरा बताएकी हुन् ।

तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन गरेर ब्राण्ड बनाउनु होस् त्यसमा नगरपालिकाले सहयोग गर्ने बचन दिइन् । तालिममा मेचीनगर–२, ३, र ९ नम्बर वडाका ३० जना मौरी पालक कृषकहरुलाई सहभागी रहेको थियो ।

तालिममा सहभागीहरुलाई इलाम स्थित रोङ गाउँपालिकाका मौरी पालक विज्ञ कुमार मोक्तान र रोङ गाउँपालिकाका कृषि प्राविधिक राम तामाङले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, तालिमका प्रशिक्षक मोक्तान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा सहभागी मध्ये उत्कृष्ट किसान अर्पणा भट्टराईलाई मौरीपालन सम्बन्धी सामग्री प्रदान गरिएको थियो । आधुनिक मौरी पालन तालिम फागुन २५ गतेदेखि सञ्चालन भएको थियो । यसअघि फागुन १८ गतेदेखि ५ दिनसम्म मेचीनगर–२ को बौद्वमोडमा वडा नं.१, २ र ४ का मौरीपालक किसानलाई उक्त तालिम दिइएको थियो ।

आर्थिक आवस्था कमजोर भएर रोजगारीका लागि विदेश पलायन भइरहेका युवा–युवतीहरुलाई कृषिका विभिन्न क्षेत्रमा उत्पादन गरेर आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले यस्तो तालिमका कार्यक्रमहरु ल्याएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।

उनले मेचीनगर–१, २, ३, ४ र ९ नं.वडाका मौरीपालक किसानलाई तालिम दिइएको बताए । अब चाँडै सुपारी खेती गर्ने कृषकलाई पनि तालिम दिइने कार्कीले जानकारी दिए । मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा समापन कार्यक्रमको स्वागत आर्थिक विकास समितिकी संयोजक तीलजा देवानले र सञ्चालन कृषि शाखाकी कर्मचारी नम्रता राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here