अर्जुनधारा जेसीज शनिश्चरेको होली मिलन कार्यक्रम सम्पन्न

0
5
अर्जुनधारा । 
साझा चाड होली पर्वको अवसरमा अर्जुनधारा जेसीज शनिश्चरेले शुक्रबार होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
अर्जुनधारा–७ स्थित जेसीजको कार्यालय प्राङ्गणमा जेसीजका अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा जेसीज वर्ष २०१८का अध्यक्ष अजय देवले उद्घाटन गरेका थिए ।
नेपाल जेसीज वर्ष २०२४का राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवरलगायतले मन्तव्य राखेको कार्यक्रममा सहभागीहरुले एक आपसमा रंग लगाएर शुभकामना आदानप्रदान गरेका थिए ।
जेसीजका महासचिव बिमला भट्टराईले जेसीज आस्था वाचन गरेको कार्यक्रममा उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रमेश विष्टले स्वागत मन्तव्य गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन महासचिव भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here