पथरी जेसीजको होली मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न

0
5

पथरीशनिश्चरे।

मोरङ्गको पथरी शनिश्चरेमा पथरी जेसीजले होली मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

आज शुक्रबार पथरी चौकमा ‘से नो टु ड्रग्स’ भन्ने मुख्य नाराका साथ पथरी जेसीजले उक्त कार्यक्रमको आयोजना गरेको हो। अनन्त श्री विभूषित प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द जी महाराजले होलीको सप्तरङ्गी टिका उपस्थिति अतिथि तथा जेसीज पदाधिकारीहरूलाई लगाएर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

उक्त अवसरमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, घरेलु उद्योग महासंघ मोरङका उपाध्यक्ष तुलसी ढकाल, उ.वा.सं.की सदस्य प्रेमकुमारी ढकाल, अष्टलक्ष्मी साकोसकी अध्यक्ष दुर्गा सुवेदी दङ्गाल, नगर प्रवक्ता तथा वडाध्यक्ष नवीन जङ् कार्की , पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, हिरक आधारभूत विद्यालयकी प्रधानाध्यापक कविता तिम्सिना , जेसीजका संस्थापक अध्यक्ष अशोक शङ्कर, पथरी शनिश्चरेकी पूर्व उपमेयर तथा संस्थापक सदस्य यमुना बिष्ट बास्तोला, जेसिज वर्ष २४ का पूर्व अध्यक्ष राजकुमार विश्वकर्मा,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा जेसीज पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

पथरी जेसिज वर्ष २०२५ की अध्यक्ष निर्मला भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कलाकारहरू क्रमश: वरिष्ठ लोकगायक महेश बुढाथोकीले ‘, राम साइली…’ काफल गेडी कुटुक्कै भयो भुतुक्कै, कम्मर बारूलै …, , होस गर है सोल्टिनी…., …जस्ता निक्कै कर्णप्रिय गीतहरु प्रस्तुत गर्दा दर्शकहरूले वन्समोर भनेका थिए भने पथरी शनिश्चरेकै राज लोहार, प्रतिक मगर , वाल्मीकि मेमोरियल माध्यमिक विद्यालयको कक्षा -३ मा अध्ययनरत बालगायिका परिना विष्ट लगायतले सुन्दर सांगीतिक तथा सांस्कृतिक बेजोड प्रस्तुतिहरू दिएको कार्यक्रमका संयोजक तीर्थराज अधिकारीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here