योगेन्द्र योगी
बिराटनगर,
मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका-१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित र पाँचथर फिदिम नगरपालिका-४ का २० बर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको बेलबारी नगरपालिका-११ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी टोलिले चेकजाँचको सुन्दरहरैचा-११ का ३५ बर्षीय फिरोज राईलाई ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने इलाका प्रहरी कार्यालय रानीले चेकजाँचको क्रममा उर्लाबारी -७ का २३ बर्षीय अशोक भुजेललाई-६० एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।
सोही दिन सुनसरीको कोशी गाउँपालिका-८ बाट इलाका प्रहरी कार्यलाय भण्टाबारीले सप्तरी कञ्चनरुप नगरपालिका-७ का २६ बर्षीय राजन ठाकुरलाई स्पास्मो-प्रोक्सीभन पीटीडीएस ३२ ,क्यापसुल नाइट्रोसन-१० – ९ ट्याब्लेट र गाँजा ५० ग्राम सहित पक्राउ गरेको छ । फागुन २७ गते राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान-५ का ५३ बर्षीय प्रेम बहादुर लिम्बु, १९ बर्षीय निकेश लिम्बु, १९ बर्षीया रेजिना खत्री, १९ बर्षीय सुर्य लिम्बु लाई ट्रामाडोल -३ हजार २ सय ९० नब्बे ट्याब्लेट, स्पासपेन-६ सय २ चक्की प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का २६ बर्षीय ललित चौधरी र २५ बर्षीय बिदायक राईलाई लागू औषध ३०एम्पुल सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम-५ का ३५ बर्षय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा-१ का ४० बर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्रयाव्लेट सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगापालिका-१२ का २२ बर्षीय अर्जुन रोक्कालाई ६९ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको छ ।
फागुन २७ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका-५ का २३ बर्षीय प्रशिष खड्का र अर्जुनधारा नगरपालिका-६ का ४० बर्षीय सुवास खवासलाई ३ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले औषधी ट्रामाडोल २६० क्याप्सुल र स्पास्पेन ३५० चक्कि सहित दमक- ५ का ३२ बर्षीय सुरज गुरुङ, १८ बर्षीय अंकित बहादुर थापा मगर र दमक-४ का छितिज फागोलाई दमक-६ बाट पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका- ६ बाट इलाका प्रहरी कार्यालय लौकहीले सप्तरी सप्तकोशीका ३२ बर्षीय प्रदिप विश्वकर्मालाई ट्रामाडोल १ हजार १९० र स्पास्पेन १ हजार २८ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने पाँचथर घर भई हाल इटहरी-९ स्थित डेरा गरी बस्दै आएका ३२ बर्षीय किरण मुखियालाई ९० मिलीग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो ।
त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ स्थितबाट बेलका-५ का ३० बर्षीय विशप खतिवडालाई भिबिन्न बैकहरुको चेक २० थान, एटिएम कार्ड ५४ थान, एनसेल, एनटीसीको सिम कार्ड २०० थान र चरेश ३ ग्राम ६० मिलिग्राम सहित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ भने त्रियुगा नगरपालिका-३ की ५० बर्षीया सितेम्मा राईलाई निजकै घरबाट २ केजी ५ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।
फागुन २८ गते बिराटनगर महानगरपालिका-५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप-महानगरपालिका-८ का २३ बर्षीय कुबिर राई र २१ बर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरी धरान उप -महानगरपालिका-१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानिय २४ बर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सूगर सहित पक्राउ गरेको होक भने झापा कनकाई नगरपालिका-४ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङगाले स्थानिय ३३ बर्षीय ईन्द्र चौधरी र उनको श्रीमती ३२ बर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।
फागुन २९ गते झापाको दमक नगरपालिका-१ स्थितमा कोठा भाडामा बस्दै आईरहेका २६ बर्षीय डेक बहादुर थापाको कोठामा लागु औषध बिक्री वितरण भई रहेको भन्ने सुचनाको आधारमा फागुन २९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थापा सहित ईलाम माङ्सेबुङ गाउँपालिका -३ की २५ बर्षीया अनु राई, झापा कमल गाउँपालिका-३ का २६ बर्षीय सुरज कुमाल, दमक-५ का २५ बर्षीय रकद धिमाल र दमक-७ का २८ बर्षीय बिर बहादुर पौडेललाई ट्रामाडोल ९० क्याप्सुल, SPASPAIN ७० चक्की र लागुऔषध खैरो हेरोईन ५ सय मिलिग्राम सहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी,इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-२ का १९ बर्षीय बिशाल परियार र १८ बर्षीया अप्सरा राईलाई निजहरुकै घरबाट ट्रामाडोल २३६ क्याप्सुल र प्रतिबन्धित औषधी २३० चक्की सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। छिल्लो समय कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स,ट्रक तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् ।
कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ। प्रहरीले सुनसरी ,मोरङ, झापा ,धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको भएपनि नियन्त्रण हुन् सकेको छैन।