दुई पटक हवाइ टिकट रद्ध भएपछि इराकमै अस्ताईन सुमिना

0
79

योगेन्द्र योगी
बिराटनगर,

गैरकानुनी बाटो हुँदै इराक पुगेकी सिन्धुपाल्चोक घर भएकी सुमिना तामाङको मृत्यु भएको छ। दुई बर्षअघि रोजगारीको लागि इराक पुगेको र एउटा घरमा काम गर्दागर्दै सुमिना भुईमा ढलेकी थिईन्।

त्यसपछि तत्काल उनलाई अस्पताल लागिएको थियो। उनी बिरामी भएको खबर पाएको दिन देखिने गैरआवासीय नेपाली संघ(एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले नेपाल पठाउने लाखौ प्रयास गरे,तर पठाउन सकेनन्। अध्यक्ष श्रेष्ठका अनुसार उनलाई नेपाल पठाउन नसक्नुको मुख्य भनेको रोगको र फिजिकल फिटनेसका कारणले एयरलाइन्सले दुई पटक सम्म स्वीकृत नै नगरेपछि हवाइ टिकट रद्ध भयो।

तर तेश्रो पटक बुधबार मात्र सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल पठाउन मिल्ने अवस्थामा इराक हेर्ने जिम्मेवारी पाएको कुवेतस्थित नेपाली दूतावासलाई पनि जानकारी नेपाल पठाउने अन्तिम समयमा कुर्दिस्तानस्थित दुहोक शहरमा सुमिनाको मृत्यु भएको अध्यक्ष श्रेष्ठले बताए।

‘ मलाई १४ फेब्रवरीमै खबर आएको थियो,सुनिमाको स्वास्थ्य अवस्था अलिक नाजुक छ भनेर,उनले भने,’घरमा काम गर्दागर्दै ढलेको र उपचार गर्दागर्दै थप जटिल भएपछि जानकारी आएको थियो,उनको घर परिवारसँग र दूतावाससँग पनि घर पठाउनको लागि सहजीकरण गर्दैगर्दा दुखद निधन हुन् पुग्यो ,परिवार प्रति माफी चाहान्छौ हाम्रो प्रयास सफल हुन सकेन ।’

कम्पनीले नै नेपाल पठाउन दुई पटक विमानस्थल पुर्याएको र कुनै पनि लिगल कानुनी प्रक्रिया पुरा नगर्दा पठाउन नसकिएको बताए। पछि एयरलाइन्स र डाक्टरसँग कुरा गरेर सबै कागजी प्रक्रिया पुर्याएर पठाउन खोज्दा मृत्यु भएको बताईएको छ। अब मृतकको शव पठाउन करिव दुई महिना जति लाग्नेछ।

सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार भन्दाबढी नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरूलाई भने फाइदा नै हुने गरेको छ । गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन ।

त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here