युद्धबहादुर बोहोरा
पाँचथर,
पूर्व स्थानीय विकाश मन्त्री तथा नेपाली कांग्रेसका नेता स्व.पूर्ण कुमार शेर्माको शालिक अनावरण गरिएको छ ।
शेर्माको पाँचौं स्मृति दिवशको अवसर पारेर पाँचथरको मिक्लाजुङ २ नम्बर वडास्थित सप्तमी बजारमा परिवारद्वारा निर्मित शालिक प्रमुख अथिति नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाले अनावरण गरेका हुन्
विशिष्ट अथिति नेपाली कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्वे,अथिति झापा जिल्ला कांग्रेस सभापति देउमान थेवे,पाँचथर सभापति रूपनारायण जवेगु,पूर्वसभापति नरेन्द्र कुमार केरुङ,शेर्माको धर्मपत्नी जनी माया थापा मगर, प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावतीलगायत प्रदेश कमिटी, जिल्ला,पालिका र वडाकमिटी सदस्य,स्थानीयवासी ,संघसंस्थाका प्रतिनिधि,भातृसंगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
स्मृति सभासहितको कार्यक्रममा उनको जीवनी,त्यागसंगै उनले समाजमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । तत्कालीन समयमा शेर्माले सडक सञ्जालमा कास्की,चितवनपछि पाँचथरलाई तेस्रो स्थानमा अगाडी बढाएको र उनको पहलमा जिल्लाका अधिकाँश ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएका कारण उनलाई पुलबुढा उपनामले पनि चिनिने गरेको अथितिले बताए । देशकै पहिलो पटक सप्तमी बजारमा हावाबाट विद्युत निकाल्ने काम गरे ।
विकासको परिकल्पनाकारका रुपमा मानिएका, विशुद्ध जनसेवामा जीबन बिताएका शेर्माले गरेका महत्वपूर्ण कामबाट अहिलेको पाँचथर सुगम हुनुमा उनको दुर्दशिता रहेको अथितिले प्रशंसा गरे । स्व. शेर्माका पाँचथरका दुईवटा गौरवको आयोजना सम्पन्न गर्ने सपना बोकेका थिए ।
उनले कल्पना गरेको भेडेटार- रवि-राँके सडक र तमोर करिडर पुरा गर्ने आकांक्षा पुरा नभएता पनि हाल निर्माण तीब्र गति लिएसंगै सपना पुरा हुने अपेक्षा गरिएको अथितिहरुले सम्वोधनमा बताए । सादगी,सरल र इमान्दार नेता भनेर देश व्यापी कहलीएका शेर्माको निधनले पाँचथरका नागरिकको मन मस्तिष्कमा सधैं अभावमा खड्किरहने सबैको बुझाई छ ।
मिक्लाजुङ २ नम्बर वडाकार्यसमितिको आयोजनमा वडा सभापति तथा वडाध्यक्ष महेन्द्र प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको अनावरण कार्यक्रममा उनको जीवनीसंगै नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापति सन्तोष शेर्माले स्वागत मन्तव्य राखेको कार्यक्रम संचालक दिपक बोहोराले जानकारी दिए ।