अर्जुनधारामा यौनिकता र लैंगिकता विषयक सचेतना

0
4

अर्जुनधारा ।

मितिनी नेपालको आयोजनामा यौनिक तथा अल्पसंख्यक समुदायको यौनिकता र लैंगिकता विषयक एक दिने सचेतनामूलक अन्तरक्रिया कार्यक्रम शनिबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम पालिकामा यौनिक तथा अल्पसंख्यक समुदायको अवस्था बारे जानकारीसँगै उनीहरुको हकअधिकारको लागि कस्तो कार्य गर्ने भन्ने विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको मितिनी नेपाल कोशी प्रदेशकी संयोजक कविता तामाङले बताइन् ।

सहजकर्ता मितिनी नेपालकी क्षेत्रीय कार्यक्रम अधिकृत सुमन तामाङले सहजिकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसहित २५ जनाको सहभागिता रहेको थियो ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन मितिनी नेपाल कोशी प्रदेशकी संयोजक कविता तामाङले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here