मेची सामुदायीकको छैटौं वार्षिक साधारण सभा

0
18

कमल ।

मेची सामुदायीक सिकाई केन्द्रको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कमल गाउँपालिकामा ३ मा रहेको सिकाई केन्द्रको साधारण सभा कनकाई नगरपालिका २ स्थित पर्यटकिय स्थल धनुशकोटी धामामा सम्पन्न भएको हो ।

२०६३ सालमा स्थापना भएको सिकाई कन्द्रले तत्कालिन महारानी झोडा, धरमपुर र लखनपुर गाउँविकास समितिलाई साक्षर गाउँविकास समिति घोषणा अभियानको नेतृत्व गर्दै साक्षर झापा घोषणामा योगदान पुर्याएको थियो ।

त्यस्तै केन्द्रले हाल स्थानिय तह संगको समन्वयमा विभिन्न आयमुलक, सिपमुलक तालिमहरु सन्चाल गर्दै विपन्न महिला समुहलाई आय आर्जनको लागी चेतना अभिवुद्धी गराउने कार्य गरिरहेको छ ।

केन्द्रका अध्यक्ष लैन बहादुर पौडेलको अध्यक्षता भएको सभालाई कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र कमल ३ का वडा अध्यक्ष अग्नि प्रसमद कोईरालाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कमल गाउँपालिकाशिक्षा तथा खेलकुद शाखाका प्राविधीक रिवन गौतम , नवोदय वहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरण कुमार पराजुली, कमलेश्वरी सहकारी सस्थाका व्यवस्थापक रविन्द्र प्रकाश चापाई, मालपोत कार्यालय जनकपुरका मालपोत अधिकृत दिल बहादुर भुजेल, कमल गाउँपालिकामा रहेका सामुदायीक विध्यालयका प्रधानाध्याकहरु, सिकाई कन्द्रका पुर्व अध्यक्ष , नेपाली काग्रेस कमल सभापति खगेन भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

सिकाई केन्द्रका सचिव दुर्गा प्रसाद नेपालले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष विजय कुमार अधिकारीले स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here