मोरङ।
मोरङ बिराटनगर महानगरपालिका–१५ बाट लागूऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका २ का २० बर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका ३ का २४ बर्षीय उत्तम याख्खा, सुन्दरहरैचा नगरपालिका ५ का ४५ बर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।