लागूऔषध सहित तीन जना पक्राउ

0
35

विराटनगर।

झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा मेचिनगर नगरपालिका–६ मा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका–६ का २४ बर्षीय अबिन्द्र लिम्बूलाई एक ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हिरोईन सहित पक्राउ गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले लागूऔषधको कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा धनकुटा नगरपालिका–७ जिरोप्वाईन्टबाट २१ बर्षीय रविन राई र १८ बर्षीय रोशन मल्लिक लाई प्रतिबन्धित औषधी ट्रामोल–२ सय ५ क्याप्सुल, स्पास्मो–१ सय २५ चक्की र डिकोलिक–५९ चक्कि सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here