कोरियाली लगानीकर्ता मेचीनगरमा लगानी गर्न इच्छुक

0
46

मेचीनगर।

दक्षिण कोरियाका लगानी कर्ताहरूले मेचीनगर नगरपालिकामा लगानी गर्न इच्छुक भएका छन् । आज विहान इटाभट्टाको पाँचतारे होटल अस्वाथमा नगरपालिकाले आयोजना गरेको स्वागतसहितको अन्तरक्रिया कार्यक्रममा कोरियाबाट आएका लगानी कर्ताहरूको टोलीले लगानी गर्न तयार भएका हुन् ।

आगामी वैशाख १७ र १८ गते कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका पूर्व तयारीमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको निमन्त्रणामा मंगलबार उनीहरु नेपाल आएका थिए ।

हिजो बेलुका काठमाडौँबाट सिधै झापा चन्द्रगढी एयरपोर्ट हुँदै मेचीनगर आएका हुन् । कोरिया नेपाल अन्तराष्ट्रिय एक्चेन्ज एशोशिएसनकी अध्यक्ष सिर्जना नेपालीले कोरियाका लगानीकर्ताहरु कोशी प्रदेश, मेचीनगर नगरपालिका र नेपालमानै लगानीको सम्भाव्यता खोजी गरिरहेको र उक्त ठाउँहरुमा लगानी गर्न इच्छा देखाएको बताइन् ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कोरियाली टोलीले लगानीमैत्री नीतिगत व्यवस्था भएमा नेपालमा उत्पादनको धेरै सम्भावाना छ, त्यसमा हामी लगानी गर्न तयार रहेको बताएको उनको भनाई छ ।

अन्तरक्रियापछि उनीहरुलाई नेपालभारतको सीमा काँकरभिट्टा नाका, बसपार्क, एशियन हाइवेको मेची पुल, एनएमसी डेरी उद्योग लगायतको स्थलगत अवलोकन गराइएको थियो ।
काँकरभिट्टामा बहुतले बहुउदेश्यीय बसपार्क निर्माण, जैविक जिवाणु प्रांगारिक मल कारखाना स्थापना, पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण, कृषि उत्पादनका लागि प्रविधिको विास, प्रविधिमैत्री कृषि प्रणाली र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा कोरियाली टोलीसँग बसेर छलफल गरिने बुढाथोकीले बताए ।

कार्यक्रममा कोरियाली टोलीमा कोरिया नेपाल अन्तराष्ट्रिय एक्चेन्ज एशोशिएसनकी संयोजक नेपाली, कोरियाका लगानीकर्ताहरु केआइएम यङसु, योउन जंगसन, पार्क हाइसु, चोइ निकोन सीक, केआइएम कवान यङ, जंगयन जिन, लिजंग चुल,स्को जिन सु, किम मिएइ रहेका थिए ।

त्यस्तै कोरिया नेपाल अन्तराष्ट्रिय एक्चेन्ज एशोशिएसनका नेपाल राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरे, लगानीकर्ताका कोडिनेटर मेदनी अधिकारी, युवराज अधिकारी लगायत रहेका थिए ।
उक्त टोली इलामतिर गएको छ । टोली शनिबारमात्र कोरिया फर्कने बताइएको छ । त्यसबीचको समय कोशी प्रदेशका विभिन्न जिल्लामा लगानीका सम्भाव्यता खोजी गर्नेछ ।

यता कार्यक्रममा मेचीनगर नगरपालिकाका तर्फबाट नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here