बिर्तामोड , पूर्वकै प्रसिद्ध तीर्थस्थल ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरमा आगामी चैते दसैँको अवसर पारेर भण्डारा लाग्ने भएको छ । जसका लागि माता पाथीभरा भण्डारा समिति समेत गठन गरिएको छ ।
बिर्तामोडका युवा व्यवसायीहरुले मन्दिरको दर्शनार्थ पुग्नुहरुलाई मध्यनजर गर्दै भण्डाराको आयोजना गर्न लागेका हुन् । मन्दिरको दर्शनका लागि त्यहाँ पुग्ने जो कोहीलाई प्रसाद स्वरुप खानेकुरा प्रदान गरिने छ । त्यहाँ पुगेका भक्तजनका लागि भण्डारामा तातोपानी, चिया नास्ता समेतको व्यवस्थापन गर्न लागिएको हो । त्यस क्षेत्रमा भण्डारा पहिलो पटक आयोजना गर्न लागिएको हो ।
जसका लागि प्रविण अग्रवालको अध्यक्षतामा माता पाथीभरा भण्डारा समिति गठन भएको छ । समितिले चैत २० गते अर्थात चैते दशैं (चतुर्र्थी) को अवसरमा भण्डाराको आयोजना गरेको हो । गठित समितिको उपाध्यक्षमा शिव खतिवडा, सचिव दिपक मित्तल, कोषाध्यक्ष अनजेश भट्टराई, रहेका छन् । सदस्यहरुमा पिण्टु जोधानी, मुकेश विन्दल, दिपेश अग्रवाल, सोनु तिवारी, रोहित वंशल , श्रवण हल्वाई, रिसभ मित्तल र संजेश भट्टराई रहेका छन् ।