पत्रकार सुष्मा राजबंशीसहित कर्मचारी र उद्यमी सम्मानित

0
28

मेचीनगर।

मेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजबंशी सम्मानित भएकी छन् ।

आज धुलाबारी स्थित होटल रोयल निर्भाणमा संघको २० औँ बार्षिक साधारण सभामा पत्रकार राजबंशीलाई सम्मान गरिएको हो । उनले नगद २१ हजारसहित प्रमाणपत्र पाएकी छन् ।
त्यस्तै, उत्कृष्ट उद्योमीका रूपमा महावीर अग्रवाललाई सम्मान गरिएको छ ।

उत्कृष्ट कर्मचारीमा नगद १५ हजारसहित गंगा विकलाई पुरस्कृत गरिएको छ । यसैगरी, एम्बुलेन्स चालक मिनबहादुर खड्कालाई १६ लाख ५२ हजार नगदसहित उपदान दिएर विदाई गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here