सूर्योदय ।
श्रीयम मिडिया प्रालि इलामको आयोजना र सूर्योदय नगरपालिका वडा नं–१२ को सहयोगमा युवाहरुका लागि उद्घोषण, प्रस्तावना, प्रतिवेदन र माईन्युट लेखन सम्बन्धी ३ दिवशिय तालिम बिहीबार शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष एवम श्रीयम मिडिया प्रालिका सञ्चालक भीम चापागाईको अध्यक्षता र सुर्योदय नगरपालिका वडा नम्बर(१२ का वडा अध्यक्ष डोलेन्द्र भारद्वजको प्रमुख आथित्यतामा शुरु भएको हो ।तालिम उद्घाटन सत्रलाई प्रमुख अतिथि भारद्वाज, वडा सदस्य शरण लिम्बु, इन्द्रकुमारी अधिकारी तामाङ, वडा सचिव चन्दा नेपाल लगायतले सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो।
तालिममा वडा भित्रका २१ टोल विकास संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी लगायत ३० जनाको सहभागीता रहेको छ । विहिवार सम्पन्न तालिममा प्रस्तावना, प्रतिवेदन र माईन्युट लेखन सम्बन्धी विषयमा तालिम सम्पन्न भएको र शुक्रबार र शनिबार उद्घोषण सम्बन्धी तालिम सञ्चालन हुने आयोजकले जनाएको छ ।
तालिमलाई पत्रकार भीम चापागाई, विमल दहाल लगायतले सहजीकरण गर्दै रहनु वताईएको छ ।