नयाँ मिलन साकोसले दुर्घटना मृत्यु बिमावापत् दियो पाँच लाख

0
68

बिर्तामोड , बिर्तामोड– ४ स्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना मृत्यु बिमावापत् एक सदस्यको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

गत भदौ १५ गते बिर्तामोडको हिकोला होटलअगाडि बसको ठक्करबाट ज्यान गुमाएकी इलाम माई नगरपालिका– ४ की ३० वर्षीया तुलसादेवी पाँचकोटीको परिवारलाई पाँच लाख रुपैयाँ सहकारीले प्रदान गरेको हो । मृतकका नाबालक छोरा १४ वर्षीय दिवस महरालाई सो रकमबराबरको चेक हस्तान्तरण गरिएको छ । त्यस्तै गत जेठ २६ गते बिर्तामोडबाट भारतको सिलिगुडी जाँदै गर्दा मेचीनगरको इटाभट्टामा दुर्घटनामा परेकी बिर्तामोड– ५ की मन्जु बर्मनलाई उपचार खर्चवापत् ५ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै बिर्तामोड– ४ की नैनकला भण्डारीलाई आफ्ना स्वर्गीय पिता डिकबहादुर भण्डारीको काजक्रियाका लागि ५ हजार रुपैयाँ प्रदान गरिएको छ । कार्यालयमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष पशुपति बराल , व्यवस्थापक सुमित्रा रेग्मीलगायतले सो रकम प्रदान गरेका थिए । नयाँ मिलन साकोसले नियमित बचत गर्ने शेयर सदस्यका लागि विभिन्न आकर्षक सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

महिला सदस्य सुत्केरी रहेको अवस्थामा सुत्केरी खर्च ३ हजार , सदस्यको मृत्यु भएको अवस्थामा मृत्यु राहत खर्च रु. १५ हजार , सदस्यको बुबाआमाको मृत्यु भएको अवस्थामा मृत्यु राहत खर्च रु. ५ हजार , सवारी साधनद्वारा सदस्यको दुर्घटना भएमा उपचार खर्च अवस्था हेरी रु. २ हजारदेखि ५ हजार , सदस्यलाई कर्जा आवश्यक परेको अवस्थामा कुल बचतको ३ गुना ऋण, सदस्यका छोराछोरीले एसईईमा स्कुल टप गरेमा पुरस्कारस्वरुप रु १० हजार ,. सदस्यको व्यापार व्यवसायमा कुनै कारणवस आगलागी भएर पूर्णरुपमा क्षति भएमा राहतस्वरुप रु. १० हजार , नियमित बचत कारोबार गर्ने शेयर सदस्यहरुलाई रु. ७ लाख बराबरको दुर्घटना बिमा र नियमित बचत कारोबार गर्ने शेयर सदस्यहरुलाई रु. १ लाख बराबरको दुर्घटना उपबिमाको व्यवस्था नयाँमिलन साकोसले गर्दै आएको व्यवस्थापक रेग्मीले जानकारी दिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here