भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र ब्राउन सुगर भित्राउने एक जना पक्राउ

0
4

झापा ।

भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागूऔषध ब्राउन सुगर भित्राउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो १:२० बजेको समयमा भद्रपुर नगरपालिका-४ स्थित डागिबारी क्षेत्रबाट तेह्रथुम जिल्ला आठराई गाउँपालिका-१ घर भई हाल झापा कनकाई नगरपालिका-७ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवालाई २१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमा तैनाथ सशस्त्रले शङ्का लागी चेकजाँच गर्दा उनले बोकेको सारईन्थेंटिक झोलाभित्र रहेको सुगर क्रि बिस्कुटको प्याकेट भित्र लुकाइछिपाई ल्याएको ३ पोका ब्राउन सुगर फेला परेको थियो । साथै नगद ३ हजार ५३० रुपैयाँ, एउटा मोबाइल लगायतको सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here