वडा नम्बर ५ लाई अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि

0
22

कमल ।

झापाको कमल गाउँपालिकामा सन्चालन भएको अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ शुक्रवार सम्पन्न फाईनल खेलमा वडा नम्बर ५ विजयी भएको छ ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा वडा नम्वर ७ लाई शुन्य का विरूद्ध २ गोल अन्तर ले हराउदै वडा नम्बर ५ विजयी भएको हो । कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न खेलमा वडा नम्वर ५ का खेलाडी जर्सि नम्वर ६ का अनुप सिवाले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो भने पुन वडा नम्बर ५ कै जर्सि नम्बर ८ का खेलाडी अशोक लिम्बूले थप १ गोल गरेर आफ्नो टिमलाई विजयी गराउनु भएको थियो ।

आजको खेलको म्यान अफ लि म्याच वडा नम्वरका ५ का जर्सि नम्बर ६ अनुप सिवा हुनु भएको थियो । वहाँले नगद सहित ट्रफि प्राप्त गर्नु भएको छ । “हाम्रो कमल,हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ शुरु भएको फुटवल प्रतियोगिताको प्रथम भए सगै वडा नम्बर ५ ले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने वडा नम्बर ७ ले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

राईजिङ प्लेयर कमल ३ का कविराज भट्टराई,वेष्ट किपर कमल ५ का उत्तम कार्की, वेष्ट डिफेन्स कमल ७ का अर्पण ताजपुरिया, वेष्ट मिडफिल्डर कमल ५ का सु्जन लिम्बु, वेष्ट फरवार्ड कमल ५ का अनिश किस्कु, हाई स्कोरर कमल ५ का साजन राई र सर्वाेकृष्ट खेलाडी कमल ५ मा अनुप शिवा हुनुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ट टिम र खेलाडीलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र कमल ५ का वडा अध्यक्ष लाल बहादुर विष्ट लगायतले ट्रफि मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here