हरियाली सामुदायिक वनको वन डडेलो नियन्त्रण सप्ताह सम्बन्धी जनचेतनात्मक कार्यक्रम

0
38

छविराज ढकाल
पथरीशनिश्चरे ।

हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे–२ ले वन डढेलो नियन्त्रण सप्ताह कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार हरियाली सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा उक्त हरियाली वन क्षेत्रभित्र झरेका पात पत्करहरू सरसफाई गरी जनचेतनात्मक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुल बहादुर मगरको अध्यक्षता तथा वैज्ञानिक वन व्यवस्थापन महासङ्घका कोषाध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्य रहेको थियो।

सोही कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन महासङ्घ कोशी समिति अध्यक्ष दिलराम राई, हरियाली सामुदायिक वनका प्रमुख सल्लाहकार देवी बहादुर भेटवाल, सव–डिभिजन कार्यालय पथरीका सहायक वन अधिकृत कृष्ण चोम्बाङ, इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर देवीदत्त महते, दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक निलम बस्नेत, हरियाली सामुदायिक वन उपभोक्ता समूहका विभिन्न टोल र समूहमा आवद्ध उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनका क्रममा हरियाली सामुदायिक वनका अध्यक्ष काबुल बहादुर मगर, प्रमुख अतिथि प्रकाश पौडेल लगायतका अतिथिहरूले पथरिशनिश्चरे वडा नं.–७ मा रहेको दुर्गा माध्यमिक विद्यालयको थप भौतिक पूर्वाधार विकासका लागि प्रधानाध्यापक निलम बस्नेतलाई ६० हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो भने सोही सामुदायिक वनका उपभोक्ता रहनुभएका र क्यान्सर पीडित हाल भारतको दिल्लीमा उपचाररत् उपभोक्ता सूर्यबहादुर कार्कीलाई उपचार सहयोग बापत रु ३० हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको थियो।

यसैगरी , पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत अति विपन्न छात्र कृष्ण रम्तेललाई एक वर्षको लागि १५ हजार रूपैयाँको छात्रवृत्ति रकम प्रदान गरिएको थियो। कार्यक्रममा वन उपभोक्ताहरूले वन जङ्गल संरक्षणको लागि विभिन्न सचेतनामूलक प्ले कार्डहरू पनि बोकेका थिए। कार्यक्रमको सञ्चालन हरियाली सामुदायिक वन उपभोक्ता समूहकी सचिव निर्मला चौहानले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here