विराटनगर ।
सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सुनसरीको धरान उप–महानगरपालिका–१७ बाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लगूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा २९ बर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधी ट्रामोल–एक हजार ५० क्याप्सुल र धरान–११ का २१ बर्षीय कमलहाङ राईलाई लागू औषध ब्राउन सुगर १०० मिलिग्राम सहित पक्राउ गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलिले उर्लाबारी– ४ का २१ बर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।