ट्या्क्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

0
16

विराटनगर,

सुनसरीको दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुहबी–७ की ६० बर्षीया देउकुमारी खाँ रहेकी छिन् । दुहबी नगरपालिका ७ फर्साइ छिटाहा भित्री सडक खण्डमा प्र १–०२–००३ त ३३११ नम्बरको ट्या्क्टर अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देउकुमारी खाँ घाइते भई तत्काल उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यू भएको हो ।

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक दुहबी–७ का ५५ बर्षीय शिवनाथ खाँ थारुलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here