दुर्घटनामा बाह्रदशीका विकासको मृत्यु

0
51

बिर्तामोड ।

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापाको बाह्रदशीका विकास भट्टराईको उपचारको क्रममा मृत्यु भएको छ ।

बाह्रदशी गाउँपालिका–६ निवासी ३५ वर्षीय भट्टराईको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गत चैत १ गते राति १२ः४५ बजे बाह्रदशी–६ नारायण चोकस्थित भित्री पक्की सडक खण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको शनिबार राती उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here