बिर्तामोड, विद्युतीय सामग्री उत्पादक कम्पनी हिमस्टारले ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतनामुलक कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
हिमस्टारले झापाको बिर्तामोडमा चैत १४ गते सो कार्यक्रम गर्न लागेको बिर्तामोडका अधिकृत बिक्रेता महेन्द्ररत्न स्टोर्सका सञ्चालक प्रशान्त भण्डारीले जानकारी दिए ।
बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा आयोजना हुने कार्यक्रममा पुरानो प्रेसर कुकरसँग विद्युतीय कुकर साट्न सकिने सुविधा कम्पनीले उपलब्ध गराएको भण्डारीले बताए ।
प्रदर्शनीका अवसरमा कम्पनीले एक्सचेन्ज अफर पनि राखेको जनाएको छ । ५ लिटरसम्मको पुरानो कुकरमा १ हजार १ सय रुपैयाँ र त्योभन्दा ठुलो कुकरमा १ हजार ३ सय रुपैयाँसम्म मूल्यांकन हुने भएको छ ।
कम्पनीले उक्त दिन विद्युतीय प्रेसर कुकर खरिद गर्न चाहने ग्राहकलाई उल्लेखित मूल्यमै छुटको सुविधा प्रदान गर्ने भण्डारीले जानकारी दिए ।