नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको छैठौं वार्षिक साधारण सभा सम्पन्न

0
36

विर्तामोड, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको छैठौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।

मारवाडी युवा मञ्च विर्तामोडको आयोजनामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छाको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय अध्यक्ष मनोज अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भरका मारवाडी युवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का महासचिव चतरभुज सारिया, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रिय अध्यक्ष श्रीमती निर्मला जोशी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक महासचिव फूलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक उपाध्यक्ष नन्द किशोर राठी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका पूर्व अध्यक्ष बजरंग अग्रवाल, मारवाडी सेवा समिति, विर्तामोडका अध्यक्ष मोहनकुमार मित्तल, विर्तामोड नगरपालिका वार्ड नं. ४ का अध्यक्ष राहुल शर्मा आतिथ्यता रहेको थियो ।

त्यस्तै अग्रसेन भवन विर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल (भद्रपुरे), बालाजी मन्दिर व्यवस्थापन समितिका संयोजक नवीन गोयल, रेडक्रस सोसाइटी, विर्तामोड उपशाखाका सभापति मनोज अग्रवाल, मारवाडी महिला मञ्च बिर्तामोडकी अध्यक्ष नीलम अग्रवाल, मारवाडी युवती मञ्चकी संयोजिका ऋचा मंगल सहित नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय सदस्य, पदाधिकारी, क्षेत्रीय सभापति तथा देशभरका २६ मञ्चका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थितिमा कार्यक्तम सम्पन्न भएको थियो ।

कार्यक्रम संयोजक सुमित साहेवालाले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने देशभर आयोजित कार्यक्रमका संयोजक तथा आयोजक मञ्चहरूलाई सम्मान गरिएको थियो ।

त्यस्तै एसइइ परीक्षामा प्रथम, दोस्रो र तृतीय स्थान प्राप्त गर्ने मारवाडी समुदायका विद्यार्थीहरूलाई सम्मान सहित पुरस्कृत तथा अन्य उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिभा, समाजसेवा र व्यवस्थापनलाई सम्मान गर्दै सम्पन्न भएको कार्यक्रममा परमानन्द केजरीवाल राष्ट्रिय प्रतिभा पुरस्कारका दाता प्रकाश केजरीवाललाई मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस्तै एकै दिन १०१ बिरुवा रोप्ने उत्कृष्ट मञ्चका रुपमा मारवाडी युवा मञ्च, इटहरीलाई सम्मान गरिएको थियो । यसैगरी वृहत रक्तदान कार्यक्रममा सर्वाधिक ७० पिन्ट रक्त सङ्कलन गर्ने मञ्चलाई मारवाडी युवा मञ्च भैरहवालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्र ‘क’ सभापति दीपक मित्तलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here