नेपाल दशनामी समाज झापाको भवन क्षेत्रमा फोहोर फाल्नेलाई कारवाही माग

0
3

बुट्टाबारी , नेपाल दशनामी समाज झापा जिल्लाको भवनमा फोहोरमैला फालेको भन्दै समाजले आपत्ति जनाएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बुट्टाबारीमा रहेको समाजको भवन वरिपरी बिभिन्न फोहोर फालेर दुगन्धीत बनाएको भन्दै समाजले आपत्ति जनाएको हो ।

समाजको भवन वरिपरी रहेका स्थानीयले प्रयोग गरेका बिभिन्न फोहोरमैला फालेको भन्दै अर्जुनधारा–११ की वडा सदस्य तथा नेपाल दशनामी समाज झापाकी कार्य समिति सदस्य सुशिला गिरीले आपत्ति जनाएकी छिन् । स्थानीयले चुरोट, मधु, बियरका बोतललगायतका फोहोर फालेर समाजको भवन क्षेत्र दुगन्धीत बनाएको उनले बताइन् । त्यसैगरी उक्त भवन क्षेत्रमा बिग्रेका सावरी साधन, कुखुराका खोरसमेत राखिएको बताउँदै त्यसलाई तुरुन्त हटाउनु पर्ने उनको भनाईछ ।

समाजका अध्यक्ष केदार गिरीले त्यसरी फोहोरमैला भवनको छेउछाउमा फालेको भन्ने भिडियो मार्फत जानकारी आएको बताउँदै चाँडै बैठक बसेर त्यस बिषयमा छानविन गर्ने बताए । केही दशनामीहरुले भवनको छेउछाउमा फोहोर फाल्नेको पहिचान गरी नियमानुसार कारवाही गर्नु पर्ने बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here