लागूऔषधसहित पाँच जना पक्राउ

0
33

बिराटनगर।

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीबिट र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित मे ६ प ९९७७ नम्बरको मोटरसाईकल चालक माई नगरपालिका–५ ईलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाईकल पछाडी सवार बिर्तामोड–५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१७ बाट को २९ प ६४२७ नम्बरको मोटरसाईकल चालक बेलबारी–११ का २९ बर्षीय आशिष राई र मोटरसाईकल पछाडी सवार २९ बर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी धरानका २४ बर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको हो । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here