विर्तामोड।
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेसलाई बलियो र एकजुट बनाउन प्रत्येक नेता कार्यकर्तालाई आफैंबाट शुरु गर्न सुझाव दिनुभएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागको आयोजना र नेपाली कांग्रेस झापाको ब्यवस्थापन एवं नेपाली कांग्रेस झापा प्रशिक्षण विभागको संयोजनमा विर्तामोडमा आयोजित प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमलाई आज जिल्ला पार्टी कार्यालयमा सम्बोधन गर्दै नेता गच्छदारले यस्तो सुझाव दिनुभएको हो ।
‘कांग्रेस के हो ? सिद्धान्त के हो ? विचारमा अडीग छ कि छैन ?’ यी विषयलाई प्रशिक्षणमा समेट्न आह्वान गर्दै नेता गच्छदारले भन्नुभयो–‘कांग्रेसलाई ठिक ट्र्याकमा हिडाउन गारो छ , गुट उपगुट समाप्त पारेर एकजुट होऔं, एकतामा नै शक्ति छ ।’
पार्टी अनुशासन र आचारसंहिताको पालना केन्द्रदेखि टोलसम्मकै नेता/कार्यकर्ताले पालना गर्नुपर्ने बताउँदै नेता गच्छदारले कांग्रेस पार्टीको विधान ‘पे्रसिडेन्टियल सिष्टम’ मा रहेको बताउनुभयो ।
सिकाइको क्रम निरन्तर चलिरहने बताउँदै उहाँले कोही पनि कहिल्यै कुनैपनि विषयमा दक्ष नहुने भनाई राख्नुभयो । प्रशिक्षणमा सिकेको सिप, पार्टीको इतिहास, वर्तमान र सैद्धान्तिक विषयवस्तुलाई वडा टोलसम्म पु¥याउन उहाँले प्रशिक्षार्थीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कार्यकर्ता प्रशिक्षित नहुँदा विपक्षीले गरेको आलोचनालाई पत्याइदिनुपर्ने बाध्यता रहेको बताउँदै गाउ÷नगर, वडा र टोलसम्म प्रशिक्षण कार्यक्रम विस्तार गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्नेमा जोड दिदै पार्टीले गरेका कामको ब्यापक प्रचार गरिदिन पत्रकारलाई आह्वान गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले कांग्रेसले हिजो के ग¥यो ? आज के गर्दैछ र भोली के गर्छ ? भन्ने कुरा सबै जनतामाझ पु¥याउन प्रशिक्षणलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सञ्जालदेखि चिया पसलसम्म हुने पार्टीप्रतिको आलोचना चिर्न प्रत्येक नेता कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले पार्टीको केन्द्र, प्रदेश एवं प्रशिक्षण विभागले समयसान्दर्भिक प्रशिक्षण सञ्चालन गरिरहेकोमा खुशी ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभागका संयोजक रमेशजंग रायमाझीले १४ वटै जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिदै प्रशिक्षक उत्पादन गरेर वडातहसम्म प्रशिक्षण पु¥याउने लक्ष रहेको बताउनुभयो ।
झापाका सभापति देउकुमार थेवेले पार्टीका गतिविधिलाई तिब्रता दिदै पार्टीको नीति, सिद्धान्त र आचारसंहिता अनुकुल चल्न प्रशिक्षण प्रभावकारी हुने धारणा राख्नुभयो । नेपाली कांग्रेस झापा प्रशिक्षण विभागका संयोजक केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन पार्टी सचिव कृष्ण हुमागाईले गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
पार्टीका सूचना तथा सञ्चार विभाग प्रमुख मिन विश्वकर्मा, महिला विभाग प्रमुख पुष्पा भुषाल, विरेन्द्र शाहले नेपाली कांग्रेसको इतिहास र सांगठनिक संरचना, समसामयिक राजनीतिक सवालहरु र सकारात्मक सोच, धारणामा परिवर्तन लगायतका विषयमा प्रशिक्षण दिनुभएको कार्यक्रममा एकसय बढीको सहभागिता रहेको सूचना तथा प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।