मोटरसाइकल ठोक्किँदा घाइते भएका चालकको सात महिना पछि मृत्यु

0
53

झापा ।

झापाको बिर्तामोडमा गत भदौमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने उक्त दुर्घटनामा घाइते भएका अर्का एक जनाको पनि सात महिना पछि मृत्यु भएको छ ।

बिर्तामोडको सञ्जीवनी अस्पताल अगाडि गत भदौमा दुई वटा मोटरसाइकल जुध्दा त्यति बेला एकजना चालकको ज्यान गएकोमा अर्का घाइते चालकको पनि मृत्यु भएको हो ।

गत भदौ १३ गते राति १२ः४० बजे पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नम्बरको अर्को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मे ५ प ५५६८ नम्बर मोटरसाइकलका चालक कनकाई –५ बस्ने २६ वर्षीय सागर घिमिरे गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

अर्का प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकलका चालक भद्रपुर –१० बस्ने २९ वर्षीय सरोज बस्नेत घाइते भएका थिए । टाउको र हात खुट्टामा चोट लागेर गम्भीर घाइते बस्नेतलाई विभिन्न अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नआई अचेत अवस्थामा रहेकोमा मंगलबार बिहान उनको घरमै मृत्यु भएको हो ।

कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here