बिर्तामोडमा इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी

0
110

बिर्तामोड,  झापाको बितामोडमा ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतनामुलक कार्यक्रम’ सम्पन्न भएको छ ।
हिमस्टारको बिर्तामोडका लागि आधिकारिक बिक्रेता महेन्द्ररत्न स्टोर्सले इन्द्रेणी ब्यांक्वेटमा ऊर्जा सचेतना अभियानका साथ विद्युतीय सामग्री उत्पादक कम्पनी हिमस्टारको ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी गरिएको हो । सो अवसरमा इलेक्ट्रिक प्रेसर कुकरबारे विस्तृत प्रयोगात्मक जानकारी गराइएको थियो ।
प्रदर्शनी कार्यक्रममा हिम इलेक्ट्रोनिक्स प्रालिका कर्पोरेट सेल्स मेनेजर रामसुन्दर श्रेष्ठले इलेक्ट्रिक प्रेसर कुकरका बारे प्रस्ट पारेका थिए ।
इलेक्ट्रिक प्रेसर कुकर अन्य कुकरभन्दा सफा, अटोमेटिक र सजिलो, किफायती, सुरक्षित र भरपर्दो हुनुका साथै खाना स्वस्थ र स्वादिष्ट रहने श्रेष्ठले बताए ।
प्रदर्शनी कार्यक्रममा सहभागी महिलाहरुलाई फिल्ड कोअर्डिनेटर सुधा गुरुङ, डेमो एक्जेक्युटिभ सुष्मा तामाङ र विनु ठकुरीले कुकरको प्रयोगात्मक अभ्यास गर्दै खाना र मासु पकाएर प्रस्तुत गरेका थिए ।
हिमस्टारका लागि बिर्तामोडका अधिकृत बिक्रेता महेन्द्ररत्न स्टोर्सका सञ्चालक प्रशान्त भण्डारीले इलेक्ट्रिक प्रेसर कुकर प्रेसर कुकर र राइस ककुरको संयुक्त गुण भएको जानकारी दिए ।
कार्यक्रममा पुरानो प्रेसर कुकरसँग विद्युतीय कुकर साट्ने काम पनि भएको थियो । प्रदर्शनीका अवसरमा कम्पनीले एक्सचेन्ज अफर पनि राखेको महेन्द्ररत्न स्टोर्सकी सञ्चालक सम्झना भण्डारीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here