विमल दहाल, माई ।
नेपाल निजामती कर्मचारी संगठन माईनगर समितिको दोस्रो नगर अधिवेशनवाट पुन: पुष्कर कट्टेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै विहिवार सम्पन्न भएको छ।
“सम्पूर्ण निजामती कर्मचारी एकजुट हौ” भन्ने नाराका साथ सम्पन्न अधिवेशनवाट उपाध्यक्षमा लक्ष्मण भुर्तेल, सचिवमा विष्णुप्रसाद कट्टेल र कोषाध्यक्ष सबिना राई लाई सर्वसम्मत चयन गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश सह-इन्चार्ज खोम वहादुर खालिङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट सदस्यहरूमा पूर्ण एक्तेन, विशाल कटुवाल, रमेश कुमार गिरी, रन्जु दुलाल, नम्रता घिमिरे, प्रविन भण्डारी, छत्र दर्नाल, नुजन खड्का र विनोद बस्नेत सर्वसम्मत हुनुभएको छ। अधिवेशनबाट कमला श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। समितिको सदस्यमा हिमाल तिमल्सिना र इन्द्र प्रसाद खतिवडा रहनु भएको छ ।
नगर समिति अध्यक्ष पुष्कर कट्टेलको अध्यक्षता र सचिव लक्ष्मण भुर्तेलको सञ्चालनमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि खोम वहादुर खालिङ, विशिष्ट अतिथि माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, विशिष्ट अतिथि, नेकपा एमाले माईनगर कमिटी अध्यक्ष मुखराज आङदेम्बे, राष्ट्रसेवक सहकारी संस्था इलामका अध्यक्ष गणेश अधिकारी, नवनिर्वाचित अध्यक्ष पुष्कर कट्टेल लगायतले मन्तव्य राख्नुभएको थियो।
नगर भित्रका निजामति कर्मचारी संगठनका सदस्यहरूको सहभागीता रहेको अधिवेशनमा माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई, नेपाल निजामती कर्मचारी संगठन पूर्व केन्द्रीय कमिटी सचिव जेबी राई, नेपाल निजामती कर्मचारी संगठन इलाम उपाध्यक्ष गोकुल सन्जेल, सचिव वीरध्वज लिम्बु, सदस्य अशोक कट्टेल, सदस्य कमला श्रेष्ठ लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।