अर्जुनधारामा नौमती बाजा बजाउने तालिम शुरु

0
19

अर्जुनधारा ।

दलित नगर उपभोक्ता समिति अर्जुनधाराको आयोजनामा एक महिने नौमती बाजा बजाउने तालिम शनिबारदेखि शुरु भएको छ ।

गत आर्थिक वर्षमा १८ जनालाई आधारभूत कोर्स सम्बन्धी तालिम प्रदान गरेको समितिले उनीहरुलाई यस आर्थिक वर्षमा एडभान्स कोर्स सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको समितिका सचिव धनकुमार नेपालीले जानकारी दिए ।

अर्जुनधारा–११ लक्ष्मीधापस्थित सभाहलमा सञ्चालन हुने तालिममा प्रशिक्षक नरेन्द्र दर्नालले प्रशिक्षण दिइने बताइएको छ । समितिकी अध्यक्ष माया खातीको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि अर्जुनधारा नगरकार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडा सदस्यद्वय केशव अधिकारी र पूर्णबहादुर राई, नेपाली काँग्रेस वडा सभापति जगत राना मगर, नेकपा एमाले वडा अध्यक्ष वीरबहादुर राई, नेपाल चिया कफी श्रमिक संघ केन्द्रीय अध्यक्ष सन्तकुमार राई, समितिका सल्लाहकारद्वय पम्फादेवी विश्वकर्मा र रमेशकुमार दर्जीलगायतले मन्तव्य राखेका थिए ।

समितिका उपाध्यक्ष मानबहादुर सार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नेपालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here