अर्जुनधारा।
झापाको अर्जुनधारा–८ शनिश्चरे बजारस्थित शनिश्चरे माध्यमिक विद्यालयमा दुई वर्ष अघि स्थापना गरिएको हरिविलास वन स्मृति अक्षयकोषको रकममा वृद्धि गरिएको छ ।
१० लाख रुपैयाँ रकम पु¥याउने लक्ष्यसहित पाँच लाख ५१ हजार रुपैयाँबाट स्थापना गरिएको अक्षयकोषमा थप तीन लाख रुपैयाँ रकम वृद्धि गरिएको अक्षयकोषका संरक्षक किरण वनले जानकारी दिए ।
हाल अक्षयकोषको रकम आठ लाख ५१ हजार रुपैयाँ रहेको विद्यालयका प्रधानाध्यापक विनोद गौतमले जानकारी दिए । उनका अनुसार उक्त अक्षयकोषबाट प्राप्त ब्याजले विपन्न तथा जेहेन्दार, खेलकुद, संगीत, नृत्य, चित्रकला क्षेत्रका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप विद्यालयको वार्षिकोत्सवमा पुरस्कृत गर्ने गरिएको छ ।
अक्षयकोषका संरक्षक वन परिवारबाट आगामी शैक्षिक वर्ष २०८२ सम्म अक्षयकोषको लक्ष्य पूरा गरिने संरक्षक किरण वनले बताए ।