बालिकालाई कु-दृष्टि लगाउने एक जना पक्राउ

0
21

पथरी शनिश्चरे,

बालिकालाई कु-दृष्टि सहित हातपात गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ ।

पथरी शनिश्चरे २ बस्ने वर्ष ४५ का अङ्क मोहन श्रेष्ठलाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको हो ।

छिमेकी अन्दाजी १२ वर्षिया एक बालिकालाई विहान ९ वजेको समयमा घरमा गएर हातपात गरेको जाहेरीको आधारमा पक्राउ गरेको इप्रका पथरी प्रमुख मोहन विक्रम दाहालले बताउनुभयो ।

थप कानुनी कारवाहीको लागि भोलि अदालतमा म्याद थप गर्ने तयारी रहेको प्रमुख दाहालले जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here