धन कमाउन इराक पुगेकी गंगाश्वरीको दुबै मृगौलाले काम गर्न छाडेपछि…

0
16

योगेन्द्र योगी
बिराटनगर,

भोजपुर घर भएकी गंगाश्वरी राई गैरकानुनी बाटो हुँदै इराक पुगिन्। काम गर्दै जाँदा राई बिरामी पर्न थालिन्। पछि थाहा भयो उनको दुबै मृगौलाले काम गर्न छाडीसकेछ। उनको दुबै मृगौला फेल भएको र नेपाल जान नसकेको विगत १० बर्ष देखि कुर्दिस्तानमा गैरकानुनी रहेको बग्दाद बाट बङ्गाली एजेन्ट मार्फत एक्जिट गरेर नेपाल फर्किन खोजिन् तर,सम्वभ भएन्।

लामो समय सम्म एक्जिट हुन नसकेको जानकारी आए पश्चात् तुरुन्तै बिरामीलाई अर्बिलमा सम्पर्क गरी राहदानीको फोटो कपिबाट इराक हेर्ने जिम्मेवारी पाएको कुवेतस्थित नेपाली दूतावासमा सहजीकरणको निमित्त गैरआवासीय नेपाली संघ(एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले आग्रह गरे।

एनआरएनए अध्यक्ष श्रेष्ठको आग्रह पछि दूतावास एक तर्फी ट्राभल डकुमेन्ट बनाएर इराक पठायो। त्यसपछि उनलाई नेपाल पठाउने कानुनी प्रक्रिया सुरु भयो। एनआरएनए र एफडब्लुसीडीओका प्रमुख हामाहजारको सहयोगमा अर्बिल प्रशासनमा जानकारी गराइ एक हफ्ताको पहल पश्चात् बिरामीले काम गर्ने रोजगारदाता कम्पनीलाई यहाँको कानुनी दायरामा ल्याईएको अध्यक्ष श्रेष्ले बताए।

उनका अनुसार रोजगारदातालाई कानुनी दायरामा ल्याई नेपाल फर्काउन लाग्ने सम्पूर्ण शुल्क साथै हवाइ टिकट समेत वेहोर्ने वाध्य परेका थिए। त्यसपछि रोजगारदाताले सबै खर्च व्यवस्था गरी बिरामीलाई २७ मार्चका दिन नेपाल फर्काइएको बताए।

बिरामीलाई नेपाल फर्काउने कार्य सफल बनाउनको निमित्त बिशेष पहल गर्ने एफडब्लुसीडीओका प्रमुख हामाहजार, कुर्दिस्तान सरकार इन्टेरियर डिपार्टमेन्टका जनरल मेनेजर डा. हेमन मिरानी र अधिकृत काग दारा धन्यवाद दिंदै एनआरएनएले बिरामी महिलाको स्वास्थ लाभको कामना समेत गरेको छ।

विगत देखि नै एनआरएनए इराकले अलपत्र तथा बिरामी परेका नेपालीहरुको घाउमा मलम लगाउदै आइरहेको छ। वैदेशिक रोजगारीमा जाने धेरै युवा युवतीहरुलेआफूखुसी ‘पेन किलर’ लगायत औषधि खाँदा मृगौला फेल हुने समस्या देखिएको छ।

दैनिक १३ देखि १४ घन्टासम्म कडा काममा खट्ने उनीहरूले स्वास्थ्यमा सानोतिनो समस्या आए पनि ‘पेन किलर’ नै रोज्ने गरेको पाइएको छ। त्यसैले युवा उमेरमै मिर्गौला फेल हुने समस्याबाट ग्रसितको संख्या बढ्दै गएको चिकित्सक बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here