योगेन्द्र योगी
बिराटनगर,
सुनसरीमा बालिका अपरहणमा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी गाउँपालिका-७ मुसहरी टोलका कुशेश्वर सदाको ४ बर्षीया छोरीको अपरहण भएको घटनाको ४ घण्टा भित्र वालिकाको सकुशल उद्दार गरी अपहरणमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको सुनसरीका एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए।
एसपी तिम्सिनाका अनुसार पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका-१२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन ।
चैत्र २० गते दिउँसो पौने २ बजे ४ बर्षीया छोरी घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सीटी सफारीमा चढाई अपहरण गरी लगेको भनि जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट तत्काल प्रहरी टोली परिचालन गरी खोज तलासको क्रममा बिहिबार कोशी ब्यारेजको २६ नम्वर ढोकाको पुल माथिबाट वालिकालाई सकुशल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको छ भने अपहरणमा संलग्न साहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। थप अनुसन्धान पछि मात्र अपहरण गर्नु कारण खुल्ने प्रहरीले जनाएको छ।