कमल ।
झापाको कमल गाउँपालिका–७ स्थित विष्णुकठ्ठामा यहि चैत २८ गते वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
कमल गाउंपालिका र कमल नगर अस्पतालको आयोजना तथा आम्दा अस्पताल दमक, मेची आँखा अस्पताल विर्तामोड र आमा डेन्टल क्लिनिक दमकको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
गाउँपालिकाको वडा नम्वर ७ विष्णुकठ्ठा स्थित सिंहदेवी आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने कमल नगर अस्पतालका प्रमुख दिपक दाहालले जानकारी दिनुभयो ।
चैत २८ गते विहान १० बजे देखी सञ्चालन शिविरमा स्वास्थ्य संबन्धी समस्याहरुको पहिचान तथा उपचारका साथै महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच (भीआईए), आङ्ग खस्ने समस्याको स्क्रिनिङ्ग गरिने छ ।
त्यसैगरी शिविरमा स्त्री तथा प्रसुति रोग बिषेशज्ञ सेवा,पाठेघरको मुखको क्यान्सर सम्बन्धी जानकारी तथा परिक्षण,फिजिसियन सेवा (इन्टरनल मेडिसिन बिषेशगज्ञ सेवा),हाडजोर्नि तथा नसा रोग बिषेशज्ञ सेवा,नवजात शिशु तथा बालरोग बिषेशज्ञ सेवा,आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श,स्त्रीरोग सम्बन्धी परिक्षण,पाठेघरको मुखको मयलको परिक्षण, निःशुल्क पाठेघरको समस्या सम्बन्धी सेवा,सुगर प्रेशर परिक्षण , आँखा परिक्षण जाँच÷सेवा ,दन्त उपचार जाँच सेवा लगायतको परिक्षण तथा विशेषज्ञ द्वारा परामर्श समेत प्रदान गरिने अस्पतालका प्रमुख दाहालले बताउनुभयो ।
त्यस्तै शिविरमा उपस्थित फरक व्याक्तित्व भएका (अपांगत) हरुलाई नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको समन्वयमा सामाग्री वितरण गरिने छ भने पाँच वर्ष भन्दा मुनिका बालबालिको पोषण लेखाजोखा गरी आवश्यक परामर्श समेत प्रदान गरिने छ ।