आज ९६ वटा सामुदायिक कुकुरको बन्ध्याकरण  

0
26

मेचीनगर।

आजदेखि मेचीनगरमा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।

शुक्रबारदेखि मेचीनगर–८, ईटाभट्टा स्थित आदर्श मावि परिसरमा नगरपालिकाको आयोजना र पोखरा स्थित राष्ट्रिस्तरको गैरसरकारी संस्था हार्ट नेपाल (हिमालयन एनिमल रेस्क्यु ट्रष्ट) को प्राविधिक सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

मेचीनगर नगरपलिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विहान कुकुरको बन्ध्याकरण शिविरको औपचारिक रुपमा सुरु गरेका थिए ।

उनले कुकुरले मान्छे, बाख्रा, भैसी, पाडा सबैलाई टोकेर घाइते र ज्यानसम्म गएको अवस्थाले यसको न्युनिकरण र उत्पादन संख्या घटाउने उदश्यले विगत वर्षदेखि सञ्चालन गरिएको बताए ।

नगरवासीलाई सचेत गराउन अब कुकुरको पहिचान गरी लगत संकलन गर्ने र कुकुरको शरिरमा डिजिटल चिप्स् लगाइने नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–२ का वडाध्यक्ष एवम् प्रवक्ता दिपक बराल, वडा नंं ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, कार्यपालिका सदस्य चित्र धिमाल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रमको समापन मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमलाको अध्यक्षता र सहजीकरण पशु स्वास्थ्य प्राविधिक मदन भण्डारीले गरेका थिए ।

आज शिविरमा वडा नं.१ र २ का ९६ वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।

उनका अनुसार चैत २३ गते वडा नं.३ र ४ का सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने छ । त्यस्तै चैत २४ गते वडा नं.५ र ६ को, चैत २६ गते वडा नं.७, ८ र ९ को, चैत २७ गते वडा नं.१० र ११ को, चैत २८ गते वडा नं.१२ र १३ को र चैत २९ गते वडा नं.१४ र १५ को शिविर सञ्चालन हुने छ ।’

शिविरमा हार्टका प्राविधिक चन्द्र आङबु राईको नेतृत्वमा १२ जना र नगरपालिकाका ८ जना स्वास्थ्य प्राविधिकको टोली खटिएका छन् ।

चैत २९ गतेसम्म सञ्चालन हुने शिविरमा कुकुरलाई मानव मैत्री बनाउने लक्ष्यसहित करिव ५०० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने कार्कीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here