गणतन्त्रको विकल्प खोज्ने हो भने निर्वाचनमा आउनुहोस् : महामन्त्री शर्मा

0
97

विनोद सापकोटा
झापा,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्रनै जिल्लामा आएर चुनौती दिएका छन् । ‘राजा हुन मन लागेको हो भने आउँदो २०८४ सालको निर्वाचनमा सहभागी भएर जनमत लिनुहोस् । तपाई राजा पक्का ।’
झापा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ को पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री शर्माले भने, “नेपाली कांग्रेसले २०८४ को निर्वाचनलाई जनमत संग्रहकै रूपमा लिनेछ ।

यदि चुनाव जितेर कानुनी प्रक्रिया अनुसार राजा बन्न चाहनुहुन्छ भने, हामी मान्नेछौं । तर, संविधान बाइपास गरेर अब हाम्रो पालो आयो भनेर जनतालाई भड्काउने छुट कसैलाई छैन ।’
शर्माले संविधानले व्यवस्था परिवर्तनका लागि पनि स्पष्ट मार्ग दिएको उल्लेख गरेका छन् । उनले भने, ‘संविधानको धारा २७४ को उपधारा ९१० अनुसार संविधान संशोधन गर्न संसदबाट दुई तिहाइ बहुमत आवश्यक पर्छ । त्यसका लागि निर्वाचनमार्फत जनमत लिनुपर्छ ।’ ‘सडकमा जनता भेला पारेर व्यवस्था परिवर्तन त हुँदैन होला नी,’ उनले थपे ।

फागुन ७ गते ‘अब हाम्रो पालो आयो’ भनेर गर्जिदाको परिणाम चैत १५ गते एक जना श्रमजिवी पत्रकार र अर्का एक नेपाली नागरिकको हत्या भएको शर्माले आरोप लगाए । जनता उकासेर गरिएको मुठभेटमा भएको हताहतीको जिम्मा राजाले नलिए कस्ले लिन्छ रु उनले प्रति प्रश्न गरे । शर्माले भने दुई दुई जनाको हत्या हुने गरि भएको मुठभेटमा साच्चै राजा नै हो भने परिवारमा समबेदना र सहानुभुती भन्ने हुदैन रु उनले पूर्व राजा ज्ञानेन्द्रलाई प्रश्न गरे ।

उनले जनताको निराशाको प्रमुख कारण सरकारी सेवामा देखिएको कमजोरीलाई माने । ‘निराशा मल बीउ नपाउँदा, धनीपुर्जा नपाउँदा, सुलभ मूल्यमा औषधि उपचार नपाउँदा आएको हो । यी निराशाहरू अन्त्य गर्न हामीले जनप्रतिनिधिमार्फत जवाफ दिनुपर्छ,’ उनले भने ।

शिक्षा, कृषि, पत्रकारिता र अन्य पेशागत क्षेत्रका समस्या समाधान नहुनुमा सरकारहरूको निरन्तर बेवास्ता दोषी रहेको बताउँदै शर्माले भने, ‘शिक्षक, किसान, पत्रकार सबैको समस्या उस्तै छन् । यी समस्या हामी कमजोर भएका कारण उठेका हुन् ।’

शिक्षा विधेयक र संसदमा कांग्रेसको भूमिकाका बारेमा पनि महामन्त्री शर्माले मुख खोलेका छन् । सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी विद्यालय छोडेर काठमाण्डौ माईतिघर मन्डलामा आन्दोलनमा रहेको प्रशंक उप्काउदै शर्माले भने विद्यालयका शिक्षक र कर्मचारीको पक्षमा नेपाली कांग्रेस सदैव ठिङग उभिने छ ।

झापा १ का प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले २०२८र२९ साल यता शिक्षकसम्बन्धी नियमावली संशोधन नहुनु लाजमर्दो विषय भएको बताए । उनले भने, ‘शिक्षा विधेयक संसदमा पेश भएर समितिमा पुगेको छ । अब अध्यादेशमार्फत होइन, संसदीय प्रक्रियाबाटै पारित गरिन्छ । यो विषय संसद सुचारु भएपछि प्राथमिकतामा पर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेबेले कांग्रेस पार्टी सुस्ताएको भन्ने आरोपको खण्डन गरे । उनले भने, ‘झापाका १३ क्याम्पसमध्ये ९ वटा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ एक्लैले जितेको छ । कांग्रेस सेलाएको भए यस्तो उपलब्धि कसरी सम्भव हुन्थ्यो रु’ कतिपय क्याम्पसमा नेविसंघकै दुई दुई जना उम्मेद्वार थिए । कांग्रेस कमजोर भएको भए ति क्याम्पसको नतिजा कसरी कांग्रेसको पक्षमा हुन्थ्यो रु’ पार्टी सभापति थेवेले थपे, ‘कांग्रेस सकिएको छैन, बरु जुरुक्क उठेको देखिएको छ । नेता कार्यकर्ताहरूले निराश हुनु पर्देन ।’

कार्यक्रमको सभापति नेपाली कांग्रेस झापा ४ ‘क’ का सभापति विनोद ढकालको सभापतित्वमा र सचिव निरोज दुलालको सहजिकरणमा भएको थियो । कार्यक्रममा ५ सय बढी पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो । कार्यक्रममा प्रदेश सांसद लक्खि गणेश, झापा ४ का क्षेत्रिय सभापति जयनारायण साह, महासमिति सदस्य उत्तम चौलागाईँ, कांग्रेस नेता पर्शुराम ढुँगाना, मचिन्द्र शेर्मा, सीताराम भट्टराईँ लगायतले मन्तव्य राखेका थिए ।

नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेतले हरेक पालिकामा नेपाली कांग्रेसको आफ्नै कार्यालय हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले जनसम्पर्क सुदृढ गर्नका लागि पार्टीले तल्लो तहबाटै पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए। “जनताको बीचमा पार्टीको उपस्थितिलाई मजबुत बनाउन गाउँ–नगर तहमै स्थायी कार्यालय हुन जरुरी छ,” बस्नेतले भने, “पार्टीको नीति, कार्यक्रम र विचार जनतासमक्ष पुर्याउन संगठनात्मक सशक्तता र संरचना मजबुत बनाउनुपर्छ।” उनका अनुसार कांग्रेसको जरो जनतामा अझ गहिरो बनाउन समर्पित कार्यकर्ता र ठोस संरचनाको आवश्यकता छ। “हामीले सम्बन्ध निर्माण र जनविश्वास बढाउन स्थानीय स्तरमै सक्रिय उपस्थिति देखाउनुपर्छ,” उनले थपे।

संघिय लिम्बुवानका झापा ४ ९१० का प्रदेश सांसद पदका उम्मेद्वार उमानाथ दमाई र राप्रपाका नगर सदस्य जितेन्द्र लावती नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरु वडा नम्बर ३ का वडा अध्यक्ष भास्कर न्यौपानेको पहलमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । महामन्त्री शर्मा, प्रदेश सभापती विनोद ढकाल लगायतका नेता कार्यकर्ताले ले उनिहरुलाई पार्टी प्रवेश गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here