झापा, नेपाल चाटर्ड एकाउन्टेण्ट संघ झापाको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ को बजेट पूर्व अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल चाटर्ड एकाउन्टेन्ट संघ झापाका अध्यक्ष सिए सुशीलकुमार अग्रवालको अध्यक्षता तथा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल अडिटर्स एशोसिएसन अफ झापाका अध्यक्ष पर्शुराम वुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल चाटर्ड एकाउन्टेन्ट संघ केन्द्रीय समिति, झापा कार्यसमितिसहित अडिटर्स एशोसिएसन अफ झापा, सिमेन्ट म्यानीफेक्चर्स अफ झापा, मारवाडी संघ भद्रपुर, झापा उद्योग संघ भद्रपुर, मारवाडी सेवा समिति बिर्तामोड, नेपाल अलैची व्यवसायी महासंघ, मेची डिस्ट्रीव्यूटर्स झापा,क्लाइन्ट एशोसिएसन अफ झापा, मेची उद्योग वाणिज्य संघ झापा, नेपाल भेनियर उत्पादक संघ लगायतले आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाललाई सम्मान गरेका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल,नेपाल चाटर्ड एकाउन्टेन्ट संघ केन्द्रीय अध्यक्ष अरूण राउतलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिवकुमार अग्रवालले गरेका थिए ।