अर्जुनधारा वडा नम्बर ८ सेमीफाइनलमा प्रवेश

0
8

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ८ जारी प्रथम वडास्तरीय टि टवेन्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। 

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ९ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर ८ले सेमीफाइनलमा स्थान बनाएको हो।

अर्जुनधारा(७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा वडा नम्बर ८ले टस हारेर पहिले फिल्डिङ गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको ९ नम्बर वडा १५ ओभरमा सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटियो।

वडा नम्बर ९ लाई सस्तैमा समेट्न वडा नम्बर ८ का बलर भुवन सन्जेलले तीन ओभरमा ३ विकेट लिएका थिए। उनले जम्मा १३ रन खर्चिएका थिए।

५६ रनको लक्ष्य पाएको वडा नम्बर ८ ले आठ ओभरमै लक्ष्य प्राप्ति गर्यो। वडा नम्बर ८ का लागि चन्द्र भट्टराईले सर्वाधिक ९ बलमा २३ रन प्रहार गर्दै अभिजित रहे। खेलमा वडा नम्बर ९ ले दुई विकेटप्राप्त गर्यो ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ८ का भुवन सन्जेल खेलको प्लेयर अफ दि म्याच चुनिए । उनले नगद रु। १ हजार पुरस्कार पाए। उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा ८ का वडाअध्यक्ष कुमार उप्रेती लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा भोलि दुईवटा सेमिफाइनल खेल हुनेछ। सेमिफाइनलको पहिलो खेलमा वडा नम्बर २ र वडा नम्बर ८ बीच प्रतिस्पर्धा हुने अर्जुनधारानगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिंगदेनले जानकारी दिए । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ४ र वडा नम्बर ७ बीच प्रतिस्पर्धा हुने उनले बताए ।

प्रतियोगिताको फाइनल खेल चैत्र २५ गते हुनेछ। फाइनल खेलको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले आकर्षक बाइसाइकल प्राप्त गर्नेछन्। त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दि म्याचले १ हजार र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्टर, बेस्टर क्याचर बन्ने खेलाडीले जनही ३३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here