लक्ष्मीपुरमा खुल्यो सृजन सिल मेडिकल हल

0
43

बिर्तामोड ।

झापाको कनकाई-८ लक्ष्मीपुरमा सृजन सिल मेडिकल उद्घाटन भएको छ ।

रामनवमी पर्वको अवसरमा दैनिक विषेशज्ञ डाक्टरको सुविधासहित मेडिकल हलको उद्घाटन गरिएको हो ।

स्थानीयस्तरमा डाक्टर, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे लगायत आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले मेडिकल उद्घाटन गरिएको सञ्चालक लक्ष्मण खड्काले बताए ।

घैलाडुब्बा रोडको पाथिभरा बोर्डिङ स्कुल पश्चिममा रहेको मेडिकलमा उद्घाटनको अवसरमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको उनले जानकारी दिए ।

उद्घाटनको अवसरमा डाक्टरको जाँच निःशुल्क, सुगर जाँच निःशुल्क गरिएको छ भने अन्य प्रयोगशालाको जाँचमा २० प्रतिशत छुट गरिएको सञ्चालक खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here