कोशीमा लागूऔषध नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे : दुई दिनमै १६ जना पक्राउ

0
52

योगेन्द्र योगी
विराटनगर,

मोरङ,सुनसरी र झापा को बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागूऔषध सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर-१५ र १७ स्थित लागुऔषध औषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ब्राउन सुगर १२ ग्राम ५४ मिलिग्राम र लागुऔषध स्कुफ १०० एमएलको ८ बोतल सहित सुनसरी धरान- ११ का ४० बर्षीय राज कुमार साह, ईटहरी-२ का २१ बर्षीय सुजन विश्वकर्मा र मोरङ केराबारी गाउँपालिका-६ का ४२ बर्षीय निरज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी, वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भारत घर भई सुनसरीको धरान उप-महानगरपालिका-९ मा बस्दै आएका ३० बर्षीय विजय साह, धरान-९ का २७ बर्षीय निरन्जन यादव, धरान-१० का २५ बर्षीय विशेष राई र धरान-१७ का २६ बर्षीय निश्चल राईलाई धरान-९ बाट स्पास्मो प्रोक्सीभन -८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४ सय ४० क्याप्सुल,नाइट्राजेपाम ७५ ट्याब्लेट र स्कुफ ७ बोतल सहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए।

यस्तै,अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ बाट २२ बर्षीय संजिव सुनुवार र १९ बर्षीय सविन परियारलाई ट्रामोल-५० लेखिएको ४ सय ६० क्याप्सुल, नियन्त्रित औषधी स्पास्पेन ४ सय ६९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित धरान-५ का २६ बर्षीय दिवेश रम्तेल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २६ बर्षीय रहिस मन्सुरी र सुनसरीको ईटहरी उप-महानगरपालिका-५ का ३२ बर्षीय सनम शेर्पालाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेको प्रवक्ता दाहालले बताए।

यसका साथै सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१५ का एक बालकलाई उनकै घर छेउबाट नियन्त्रित औषधी कोलिबान ८ सय ५, क्याप्सुल र ट्रामाडोल ८ सय ५ क्याप्सुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय उर्लावारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लावारी नगरपालिका-५ स्थितबाट १९ बर्षीय सुजन शिवालाई ट्रामाडोल १ सय ६०ट्याब्लेट, स्पाष्मिड १ सय ६० क्याप्सुल सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का २९ बर्षीय सुमन गुरुङलाई ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९ सय ८० क्याप्सुल सहित पक्राउ गरेको हो ।

यस्तै, झापाको मेचिनगर नगरपालिका- ६ बाट ब्राउन सुगर १ ग्राम २३० मिलिग्राम सहित मोरङ उर्लावारी नगरपालिका-३ का १९ बर्षीय सुनिल बिश्वकर्मालाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका सबैजनाको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पछिल्लो समय कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स,ट्रक तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् ।

कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ। प्रहरीले सुनसरी ,मोरङ, झापा ,धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको भएपनि नियन्त्रण हुन् सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here