झापा , प्रहरीमाथि नै जाइलागेपछि हल्दिवारीमा एक जना महिला पक्राउ परेकी छिन् ।
महिला प्रहरीमाथि हातपात गर्ने हल्दिवारीकी ३१ वर्षीया पवित्रा माखिम घिमिरे पक्राउ परेकी हुन् ।
आइतवारराति ९ बजे हल्दिवारी गाउँपालिका वडा नम्वर २ वस्ने देवराज घिमिरेकी श्रीमती ३१ वर्षीया पवित्रा माखिम घिमिरेले मादक पदार्थ सेवन गरी घरपरिवारका सदस्यहरुलाई गालीगलौज एवं अपशव्द प्रयोग गरी झैझगडा गरिरहेकी थिइन् । त्यसको खबर पाएपछि प्रहरी चौकी हल्दिवारीबाट प्रहरी सहायक निरीक्षक कृष्णवहादुर मगरको कमाण्डमा महिला प्रहरीसहित टोली गएको थियो ।
झगडा गरिरहेकी ती महिलालाई सम्झाउने क्रममा उनले महिला प्रहरीमाथि नै हातपात गरेकी हुन् ।
इलाम माइजोगमाई गाउँपालिका ४ घर भई इलाका प्रहरी कार्यालय बिर्तामोडमा दरवन्दी भएकी प्रहरी चौकी हल्दिवारीमा कार्यरत प्रहरी जवान प्रनिता देवानमाथि हातपात गरेकी हुन् ।
देवानको दुवै आँखामाथि सामान्य चोट लागेको छ । उनलाई स्थानीय मेडिकलमा उपचार गराइएको थियो ।