कुकुरको टोकाईबाट सातजना घाइते

0
16

बिर्तामोड, कुकुरको टोकाईबाट झापामा सात जना घाइते भएका छन् । कचनकवल गाउँपालिका ६ बनियानीमा कुकुरको टोकाइबाट सातजना घाइते भएका हुन् । सोही ठाउँका स्थानीयले पालेका केही पशु चौपायालाई समेत कुकुरले टोको छ ।
स्थानीयका अनुसार कालो रङको एक कुकुरले आइतवार दिनभर विभिन्न व्यक्तिहरूलाई आक्रमण गरेको हो । हालसम्म सातजना मानिस घाइते भएका छन् भने गाई–बाख्रालाई समेत टोकेको जानकारी छ ।
घाइतेहरूको प्रारम्भिक उपचारका लागि बनियानीस्थित स्वास्थ्य केन्द्रमा लगिएको भए पनि रेबिज खोपको अभावका कारण उनीहरूलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।
त्यहाँ पनि खोप अभाव देखिएपछि केहीले निजी अस्पताल÷क्लिनिकमा गएर खोप लगाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here