सुरुङ्गा।
गैरनाफामूलक गैरसरकारी संस्थाको रूपमा क्रियाशील मदन भण्डारी फाउन्डेसनको कनकनई नगर समिति गठन गरिएको छ ।
आइतबार सुरुङ्गामा भएको भेलाले हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय रूपमा मदन भण्डारि फाउण्डेसन कनकाई नगर समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा तुलाराम बस्नेत, सचिवमा तीर्थराज खरेल र कोषाध्यक्षमा सावित्रा बर्देवालाई चयन गरिएको छ ।
समितिको सदस्यहरूमा डिल्लीरमण भट्टराई, प्रेमप्रसाद अधिकारी, इन्द्र पुलामी मगर, कृष्णमाया भुजेल, नरेन्द्रप्रसाद फुयाँल, साजन सुब्बा, बल्लभकुमार गौतम, चन्द्रविनोद कोइराला, चेतन आचार्य, गोपीकृष्ण भट्टराई, डम्बरप्रसाद फुयाँल, रविलाल भट्टराई, भीम सुब्बा, शिवराज बस्नेत, इन्द्रबहादुर राई, युवराज चुडाल र यादव बोहरा चयन भएका छन् ।
जनताको बहुदलीय जनवादको प्रणेता नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीका असल काम र कृतिलाई बुझ्ने र जनतालाई बुझाउने तथा अन्य खेलकुद, अन्तरक्रिया, बहस लगमरायतका रचनात्मक कार्य गर्ने उद्देश्यका साथ स्थापित मदन भण्डारी फाउन्डेसनको केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिकास्तरीय समिति गठन गर्ने प्रावधान रहेको छ ।
मदन भण्डारी फाउन्डेसनका झापा जिल्ला समितिका उपाध्यक्ष तथा पूर्व प्रदेश मन्त्री हीराकुमार थापाको अध्यक्षतामा भेला सम्पन्न भएको थियोे ।