पाँचौं वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिता शुरु

0
142

बिर्तामोड,

बिर्तामोड -१० स्थित सैनिकबजारमा पाँचौं वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ।

बिर्तामोड -१० वडा खेकूद विकास समितिद्वारा आयोजित स्थानीय महेन्द्रज्योति माविको खेल मैदानमा शुरु भएको फुटबल खेलको उदघाटन बिर्तामोड नगरपालिकाका कार्यबाहक मेयर नगेन्द्रप्रसाद संग्रौलाले गरेका हुन्।

वडा खेलकूद समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकको अध्यक्षता तथा कार्यबाहक नगर प्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा स्वागत उपाध्यक्ष खड्ग गुरुङले गरेका थिए। वडाध्यक्ष दुर्योधन गुरुङले अौचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव नरेन तामाङ र जनप्रतिनिधि पृथ्वीबहादुर बस्नेतले संयुक्तरूपमा गरेका थिए।

पहिलो दिन सम्पन्न नमूना टोल र नगर गौरव टोल( संयुक्त) बिच भएको खेलमा सून्यका विरुद्ध १ गोल गर्दै नमूना टोल विजय भएको छ। नमूना टोलका खेलाडी विकेश राईले खेलको ३१ अौं मिनेटमा गोल गरेका थिए। यससँगै पहिलो खेलको पहिलो गोल लगाउने उनलाई नगद १ हजार दुई सय पुरस्कार प्रदान गरिएको थियो।

उक्त पुरस्कारको प्रायोजन सैनिक क्याम्प टोल विकास संस्थाका सल्लाहकार संयोजक विजय राईले गरेका थिए। यसैगरी खेलको म्यान अफ द म्याचमा नमुना टोल टिमका खेलाडी दिपक गुरुङलाई नगद एक हजारसहित प्रदान गरिएको थियो।

प्रतियोगिताको फाइनल खेल आगमी चैत ३१ गते हुनेछ भने विजेताले नगद ३१ हजार र उपविजेता टीमले २१ हजार प्राप्त गर्नेछन् । उक्त दिन खुल्ला महिला म्याराथन प्रतियोगिताको समेत आयोजना गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here